काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एकमात्र खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
आजको खेलमा लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ भने काठमाडौंको नेतृत्व करण केसीले गर्नेछन् ।
चार खेलबाट ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ । आजको खेल जित्दै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना थप बलियो बनाउन चाहन्छ ।
यता, काठमाडौं गोर्खाज तीन खेलबाट ४ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ । काठमाडौं पनि आजको खेल जितेर अंकतालिकामा दोस्रो स्थानमा उक्लिने लक्ष्यसहित मैदानमा उत्रनेछ ।
प्रतियोगितामा आठ टोली सहभागी छन् । एनपीएलमा आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया