धरानका टेम्पु तथा सिटी सफारी चालकलाई कामना बैंकले दियो २०० ‘डस्टबिन’

लोकपथ
28
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले धरानका टेम्पु तथा सिटी सफारी चालकहरूलाई २०० थान डस्टबिन वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धरान उपमहानगरपालिका–१२ मा सञ्चालनमा रहेका टेम्पु तथा सिटी सफारी चालकहरूलाई डस्टबिन वितरण गरेको हो ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिनकुमार श्रेष्ठ र धरान उपमहानगरपालिका–१२ का कार्यवाहक वडाध्यक्ष आयन्द्रविक्रम बेघाको उपस्थितिमा डस्टबिन वितरण गरेका हुन् ।

डस्टबिन वितरण कार्यक्रममा प्रदेश प्रमुख भुसालले स्वच्छ वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । सार्वजनिक यातायातमा डस्टबिन राख्दा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने र यात्रुहरूमा सरसफाइप्रति सकारात्मक सन्देश जाने उनको भनाइ थियो ।

त्यस्तै, यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले टेम्पु तथा सिटी सफारीमा यात्रा गर्ने यात्रुलाई जथाभाबी फोहोर नफाल्न प्रोत्साहित गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए । उनले नगरको सरसफाइ र वातावरण संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए ।

बैंकले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सचेतनालगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?