गुल्मी । गुल्मीको कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएको जानकारी पाएलगत्तै प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा पहिरो हटाउने तयारी भइरहेको छ ।
सडक अवरुद्ध भएपछि गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ जाने सवारीसाधन तथा यात्रु बाटोमै रोकिएका छन् ।
सडक माथिबाट चट्टानसहित पहिरो खसिरहेको र पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया