एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

लोकपथ
28
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ मा बजाज पल्सरले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने भएको छ । साथै, प्रतियोगिताका दर्शकलाई पनि विभिन्न पुरस्कार जित्ने अवसर दिइने भएको छ ।

एनपीएलको सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीलाई एक–एकवटा पल्सर मोटरसाइकल प्रदान गर्नेछ ।

त्यस्तै, प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘पल्सर पावर प्ले च्याम्पियन’ घोषणा गरी २५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

दर्शकले पनि ‘पावर प्ले प्रेडिक्सन गेम’ मा सहभागी भएर पुरस्कार जित्न सक्नेछन् । यस खेलमा सहभागीले प्रत्येक खेलको ‘पल्सर पावर प्ले च्याम्पियन’ को अनुमान गर्नुपर्नेछ । सही अनुमान गर्नेले अंक पाउनेछन् । लिडरबोर्डमा सबैभन्दा बढी अंक ल्याउने शीर्ष तीन जनाले मैदानमै विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने अवसर पाउनेछन् । साथै, प्रत्येक खेलमा सहभागीले स्मार्टवाच जित्ने मौका पनि पाउनेछन् ।

प्रतियोगिता स्थलमा पल्सर इन्गेजमेन्ट जोनसमेत राखिनेछ । जहाँ दर्शकले विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिमा सहभागी हुन पाउनेछन् । मैदानमा पल्सरका विभिन्न मोडलका मोटरसाइकल पनि प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?