आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वाेच्चमा दर्ता, कात्तिक ३० गते पेशी

लोकपथ
756
Shares
@Lokpath.com

काठमाडौं । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो बिहीबार सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीको माग छ । कार्कीको मुद्दा नम्बर 082-Wo-0494 रहेको छ ।

हिजो बिहीबार ‘अध्ययनका क्रममा रहेकाले निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो ।

निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेशी तोक्ने चलन हुन्छ । तर, शनिबार र आइतबार सार्वजनिक बिदा तथा त्यसपछि तिहार बिदाका कारण सुनुवाई तत्काल नहुने भएको छ । तिहार बिदापछि सरकारी कार्यालय कात्तिक २७ गतेबाट खुल्ने छ । उनको पेशी कात्तिक ३० गतेलाई तोकिएको छ ।

सरकारले कात्तिक १८ गते निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको भएपनि उनले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् । उनको ठाउँमा एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?