अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता, आर्थिक सहकार्यबारे छलफल

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।

आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो ।

भेटमा दुई देशबीच आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटवार्तामा अर्थसचिव डा। घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका विभिन्न अधिकारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?