जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

लोकपथ
35
Shares

काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।

संसदीय सुनुवाइका क्रममा जापानमा रहेको उनको सम्पत्ति र परिवारका सदस्यको स्थायी आवासीय अनुमति (पीआर०)सम्बन्धमा प्रश्न उठेपछि थापाले सोमबार आफ्नो नाम फिर्ता लिएका हुन् ।

गत असोजको अन्तिम साता संसदीय सुनुवाइ समितिमा थापाको सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा उनको जापान बसाइँ, त्यहाँ रहेको सम्पत्ति तथा परिवारका सदस्यको पीआरका विषयमा सांसदहरूले प्रश्न उठाएका थिए ।

त्यसपछि समितिले परराष्ट्र मन्त्रालयमार्फत थापाका विषयमा जापान सरकारसँग जानकारी मागेको थियो । तर, जापान सरकारले आवश्यक जानकारी नपठाएपछि थापाले राजदूतका लागि प्रस्तावित आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

नाम फिर्ताका लागि थापाले संसदीय सुनुवाइ समितिलाई पत्र पठाएका थिए । समितिका सभापति बोधनारायण श्रेष्ठले सोमबार बैठकमा उक्त पत्र पढेर सुनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?