कर्णालीविरुद्ध काठमाण्डूको जवाफी ब्याटिङ, रशिद खानको अर्धशतक

लोकपथ
21
Shares

काठमाडौं । काठमाण्डू गोर्खाजका ब्याटर रशिद खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णाली याक्सले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउने क्रममा रशिदले ३२ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनले आक्रामक ब्याटिङ गर्दै काठमाण्डूको इनिङ्सलाई गति दिएका छन् । रशिदको अर्धशतकसँगै काठमाण्डूले लक्ष्य पछ्याउने क्रममा महत्त्वपूर्ण योगदान पाएको छ ।

कर्णालीले दिएको १८१ रनको लक्ष्य पूरा गर्न काठमाण्डूलाई उत्कृष्ट ब्याटिङ प्रदर्शन आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?