आरएसडीसी लघुवित्तले ९.४० प्रतिशत नगद लाभांश दिने

लोकपथ
7
Shares

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश दिने भएको छ ।

संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतका दरले कुल ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांशमा करसमेत समावेश छ ।

तर, सेयरधनीले लाभांश पाउन नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी १३औँ वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । त्यसपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?