काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुपन सार्वजनिक गरेको छ ।
आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठा तानेर विजेता घोषणा गरेका हुन् ।
यसअन्तर्गत ४५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँ बराबरको उपहार जितेका छन् ।
त्यस्तै, हरेक दिन एक जनालाई एक लाख रुपैयाँ दिने योजनाअन्तर्गत १५ जना उपभोक्ता विजेता भएका छन् । उनीहरूले जनही एक लाख रुपैयाँ बराबरको उपहार जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया