काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य रूपमा वृद्धि गरेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कमाएको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतले बढी हो ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत सुधार आएको छ । समीक्षा अवधिमा बैंकको वार्षिकीकरण गरिएको ईपीएस २५.४२ प्रतिशतले वृद्धि हुँदै २३ रुपैयाँ ८३ पैसा पुगेको छ ।
त्यस्तै, बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा पनि ४३.८८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य सुधार गर्दै उक्त सूचक ११ रुपैयाँ ६४ पैसा पुगेको छ ।
पहिलो त्रैमासको वित्तीय विवरणअनुसार एनएमबी बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी तथा प्रतिसेयर वितरणयोग्य नाफामा वृद्धि गर्दै आफ्नो वित्तीय सूचकमा सुधार गरेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया