डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । आमरण अनशनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याइएको छ ।

केसीले विभिन्न माग राख्दै बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए ।

अनशनको चौथो दिनमा उनको रगतमा चिनीको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको चिकित्सकले बताएका छन् । यसले गर्दा उनको स्वास्थ्यमा जोखिम बढ्न सक्ने चेतावनी दिइएको थियो ।

त्यसपछि आज हेलिकोप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको हो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?