हिमालयन लघुवित्तले ५ प्रतिशत लाभांश दिने

लोकपथ
21
Shares

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

हाल संस्थाको चुक्तापुँजी ३४ करोड १० लाख ८६ हजार ३५ रुपैयाँ ८४ पैसा रहेको छ । प्रस्तावित लाभांशमध्ये १ करोड ६२ लाख १ हजार ५८६ रुपैयाँ ७० पैसाबराबरको बोनस शेयर र कर प्रयोजनका लागि ८ लाख ५२ हजार ७१५ रुपैयाँ ९ पैसा नगद वितरण गरिनेछ ।

संस्थाले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभामा पारित गराउनेछ । साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?