काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका राम्रा र नराम्रा दुवै कामको जिम्मेवारी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएका छन् ।
आइतबार समसामयिक राजनीतिक विषय र सरकारका गतिविधिबारे विशेष सम्बोधन गर्दै थापाले रास्वपाले विगतमा कांग्रेस सरकारलाई प्रश्न गर्दा उठाएको सिद्धान्त अहिले आफ्नै पार्टीले पनि लागू गर्नुपर्ने बताएका हुन् ।
उनले विगतमा कांग्रेस नेतृत्वको सरकारले गलत काम गर्दा रास्वपाले कांग्रेसका नेताहरूले त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना गर्ने गरेको स्मरण गराए ।
थापाले अहिले रास्वपा नेतृत्वको सरकार हुँदा पनि त्यही सिद्धान्त लागू हुनुपर्ने बताए । सरकारका गलत कामको जिम्मेवारी प्रधानमन्त्रीले मात्रै लिने र राम्रा कामको जस भने सिंगो रास्वपाले लिने कुरा उचित नभएको उनको भनाइ छ ।
उनले सरकारका राम्रा कामको श्रेय रास्वपाले लिने हो भने नराम्रा कामको जिम्मेवारी पनि पार्टीले नै लिनुपर्ने भन्दै प्रश्न गरे ।
थापाले भने, ‘सरकारका राम्रा कामको जस रास्वपाले लिने तर नराम्रा कामको अपजस प्रधानमन्त्रीले मात्रै लिने हो ? सरकारका सबै कामको जिम्मेवारी रास्वपाले लिनुपर्छ कि पर्दैन ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया