बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

लोकपथ
14
Shares

काठमाडौं । काठमाडौंको बबरमहलमा निर्माण भइरहेको आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेपछि सडक डिभिजन कार्यालय काठमाडौंले पुल सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको हो ।

बबरमहल क्षेत्रमा सवारीसाधनको चाप र पैदलयात्रुको आवागमन बढी हुने भएकाले सडक पार गर्न सहज बनाउन आकाशे पुल निर्माण गरिएको हो । पुल सञ्चालनमा आएपछि पैदलयात्रु सुरक्षित रूपमा सडक पार गर्न सक्नेछन् । यसले सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार पुल निर्माणका लागि २०८२ फागुन २१ गते सम्झौता भएको थियो । निर्माण सम्पन्न गर्न दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत निर्धारण गरिएको छ ।

उक्त पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको हो । निर्माणको काम अन्तिम चरणमा पुगेकाले यसै हप्ताभित्र पुल सञ्चालनमा ल्याउने तयारी गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?