काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयााले बढेको हो ।
अघिल्लो दिन २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । अघिल्लो दिन ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया