एनपीएल सिजन-३ लाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ल्यायो ‘एक्स्ट्रीम एन्थम’

लोकपथ
63
Shares

काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई लक्षित गर्दै ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सार्वजनिक गरिएको यस गीतले क्रिकेटको उत्साह र समर्थकहरूको जोशलाई संगीतमार्फत प्रस्तुत गरेको छ ।

गीतमा क्रिकेट मैदानमा खेलाडीले देखाउने प्रतिस्पर्धात्मक भावना, चौका–छक्कामा दर्शकको खुसी र आफ्नो टोलीले जित्दा समर्थकमा देखिने उत्साहलाई समेटिएको छ । यसले एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

एनपीएल सिजन ३ मा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ । त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो राख्ने गरी प्रायोजन सम्झौता गरेको छ ।

‘एक्स्ट्रीम एन्थम’ मा युनिक पोयट नामले परिचित उत्साह जोशीको स्वर र शब्द रहेको छ । गीतमा ब्लुस (सुरज शाही) ले संगीत सिर्जना तथा संयोजन गरेका छन् भने यसको निर्माण एनएफटीपी टिमले गरेको हो ।

कम्पनीले विशेषगरी युवा पुस्ताको संगीतप्रतिको रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर गीत तयार गरेको जनाएको छ । क्रिकेट र संगीतलाई जोड्दै खेलाडी तथा समर्थकबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले एन्थम सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार यो गीत मनोरञ्जनका लागि मात्र नभई क्रिकेटको उत्साह, टोलीप्रतिको समर्थन र जितको खुसीलाई एकै ठाउँमा जोड्ने प्रयास पनि हो । एनपीएलका खेलसँगै यस गीतले नेपाली क्रिकेटको माहोललाई थप ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?