काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७९० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया