त्रिशूली-३ ‘ए’ को सुरुङमा प्राधिकरणका कर्मचारी र सेनाको टोली पस्यो

लोकपथ
1.1k
Shares

काठमाडौं । माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको पावर हाउसमा थप जनशक्तिको उद्धारका लागि नेपाली सेनाको टोली प्रवेश गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सन्जोग केसीसहितको नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ ।

टोलीले त्यहाँ रहेका अन्य व्यक्तिको उद्धारका लागि काम गरिरहेको छ ।

यसअघि आयोजनाको सुरुङबाट अमिर महर्जन र सन्जय साहको सकुशल उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?