काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको किरण जीवितै रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले कठिन चुनौतीका बाबजुद सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार हुनु आशाको महत्वपूर्ण संकेत भएको बताएका हुन् ।
उनले निरन्तर कठिन चुनौतीका बीच उद्धार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन् ।
गृहमन्त्री गुरुङले उद्धारका लागि निरन्तर प्रयास गरिरहेका माननीय सागर ढकाल र श्रीराम न्यौपानेको समेत उच्च कदर गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘साथै, निरन्तर प्रयासका लागि माननीय सागर ढकाल र श्रीराम न्यौपानेज्यूको उच्च कदर गर्दछौँ । उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ ।’
उनका अनुसार सुरुङभित्र उद्धार कार्य अझै जारी रहेकाले थप व्यक्तिको जीवितै उद्धार हुने आशा कायमै राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया