विज्ञ टोलीसहित रसुवा पुगे गगन थापा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् ।

शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको स्थलगत जानकारी लिन थापा रसुवा पुगेका हुन् ।

उनी विज्ञहरूसहित नौकुण्ड गाउँपालिका–३, घिचेत पुगेको उनको सचिवालयले जनाएको छ ।

यसअघि थापा भदौ १५ गते बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए । बिहीबार उनले पार्टीका तर्फबाट गरिएको स्थलगत निरीक्षणका आधारमा बाढीबाट भएको क्षतिको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?