त्रिशूली-३ ‘ए’को सुरुङमा एक जनाको शव फेला

लोकपथ
0
Shares

काठमाडौं । रसुवामा रहेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि सुरुङभित्र गएको टोलीले एकजनाको शव फेला पारेको हो ।

यसअघि शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई जीवितै उद्धार गरेको थियो । साह सप्तरीका हुन् भने महर्जन काठमाडौंका हुन् ।

उनीहरू क्रमशः मेकानिकल फोरम्यान र मेकानिकल सुपरभाइजरका रूपमा आयोजनामा कार्यरत थिए ।

त्रिशूली–३ ‘ए’ आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका थिए ।

उद्धारमा खटिएको सशस्त्र प्रहरी टोलीका अनुसार सुरुङका सात तल्लामध्ये पाँच तल्ला हिलोले भरिएको छ ।

अहिले दुई तल्ला मात्रै देखिएको छ । सोही स्थानमा एकजनाको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?