को हुन् त्रिशूली ‘थ्री ए’बाट उद्धार गरिएका सञ्जय र कबिर ?

लोकपथ
0
Shares

काठमाडौं । रसुवा बाढीको १०औँ दिन माथिल्लो त्रिशूली थ्री एबाट दुई जनाको सकुशल उद्धार गरिएको छ ।

शुक्रबार बिहान नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको सकुशल उद्धार गरेको हो भने अन्यको उद्धार कार्य भइरहेको छ ।

भित्रबाट धेरै मानिसहरुको आवाज आएपछि रातभर नेपाली सेनासहितको टोलीले उद्धार कार्यलाई जारी राखेको थियो ।

निरन्तरको प्रयासपछि उद्धार टोलीले सञ्जय साह र कबिर महर्जनलाई सकुशल उद्धार गरेको हो ।

उर्जामन्त्री विराभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार उद्धार गरिएका सञ्जय मेकानिकल फोरम्यान हुन् भने कबिर मेकानिकल सुपरभाइजरका रुपमा कार्यरत रहेका थिए ।

३० वर्षीय सञ्जय सप्तरीको तत्कालीन कोइलाडी गाविस वडा नं ८ का स्थायी बासिन्दा हुन् । उनी केही समयदेखि त्यहाँ कार्यरत रहेको बताइएको छ ।
यसैगरी अर्का उद्धार गरिएका व्यक्ति हुन् काठमाडौंका ४५ वर्षीय कबिर महर्जन ।

थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

भदौ १० गतेको रसुवागढी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न ११ जलविद्युत आयोजनामा कार्यरत ९४५ जना सम्पर्कविहीन रहेका छन् । त्यसमध्ये माथिल्लो त्रिशूली थ्री ए माबाट मात्रै ५५७ जना सम्पर्कविहीन रहेका छन् ।

२१६ मेगावाट क्षमताको उक्त आयोजना निर्माणधीन अवस्थामा रहेको छ । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्ल्यूइडिसी) मुख्य प्रवर्द्धक कम्पनी हो । उक्त कम्पनीमा कुल १ हजार ४ सय ३३ जनशक्ति कार्यरत रहेकोमा हाजसम्म ८७८ जनाको सकुशल उद्धार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?