काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावावाल सुन प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला तोकेको छ ।
अघिल्लो दिन ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ५ सयले बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ थियो । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९६५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया