काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हालै आएको बाढीका प्रभावितहरुका लागि १४ लाख ५५ हजार रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
भदौ १० को बाटढीले संस्थाको केन्द्रीय कार्यालय नुवाकोटको बट्टारसहित ५ वटा शाखा कार्यालय समेत यस विपदबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
यसै सन्दर्भमा विपद पीडितहरूको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउन संस्था र कर्मचारीहरूको तर्फबाट दैवीप्रकोप उद्धार कोषमा १४ लाख ५५ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहालले जानकारी दिए ।
संस्थाले विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै उद्धार र राहत कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्वयंसेवक र सहयोगीहरूप्रति आभार व्यक्त गरेको जनाएको छ ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग पुर्याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया