सुन र चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

लोकपथ
77
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६२ हजार ४ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०८५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?