सिप्रदी र भोटेकोशी पावर कम्पनीद्वारा सरकारी राहत कोषमा ५ करोड १ लाख आर्थिक सहयोग

लोकपथ
35
Shares

काठमाडौं । बाढी प्रभावित नागरिकहरुका लागि सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी ट्रेडिङ प्रालि तथा भोटेकोशी पावर कम्पनी लिमिटेडले सरकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिप्रदी तथा भोटेकोशी पावर कम्पनी अन्तर्गतको ‘सिप्रदियन सहायता संस्था’ को तर्फबाट ५ करोड १ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

उक्त रकमले बाढी प्रभावित क्षेत्रका नागरिकहरुका लागि उद्धार, राहत, स्वास्थ्य उपचार र क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनाका लागि सहयोग हुने विश्वास लिएको सिप्रदीले जनाएको छ ।

यसैगरी भदौ १० को बाढीपछि संस्थाका प्रतिनिधिहरु प्रभावित क्षेत्र र समुदायमा नै पुगेर राहत सामग्री, खाद्यन्न तथा आधारभूत आवश्यक्ताका सामग्रीहरु उपलब्ध गराइरहेका छन् ।

‘यस कठिन परिस्थितिमा प्रभावित परिवारलाई तत्काल सहयोग पुर्‍याउनु हाम्रो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा हो । त्यसैले, हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गतको संस्था सिप्रदियन सहायता संस्थामार्फत् प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा सहयोगका कार्यक्रम समेत सञ्चालन गरिरहेका छौँ । संस्थाका प्रतिनिधिहरु प्रभावित समुदायमै पुगेर स्थानीय आवश्यक्ता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यन्न तथा अन्य आधारभूत आवश्यक्ताका सामग्रीहरु उपलब्ध गराइरहेका छन्,’ कम्पनीले भनेको छ ।

विपदको घडीमा सरकारसँग उभिने प्रतिबद्धता जनाउँदै कम्पनीले आफूहरुले प्रभावित समुदायका लागि आवश्यक साथ र सहयोग उपलब्ध गराउने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?