काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकका लागि करिब १५ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत दिनुका साथै दीर्घकालीन रूपमा पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।
कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, त्रिपाल, सरसफाइका सामग्री तथा स्वास्थ्य सामग्री उपलब्ध गराइनेछ । भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन थालिएको फाउन्डेसन र बैंकले जनाएको छ ।
चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारीसमेत प्रभावित क्षेत्रमा पुगेर राहत वितरणमा परिचालित भएका छन् । स्थानीय प्रशासनसँगको सहकार्यमा रसुवा र नुवाकोटमा दुईवटा राहत शिविर सञ्चालन गरिएको छ । शिविरमा प्रभावित परिवारलाई दैनिक खाना, स्वच्छ खानेपानी, सरसफाइका सामग्री र बालबालिकाका लागि सुरक्षित स्थानको व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया