काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई धरपकड गर्ने कुनै योजना वा सूची सरकारसँग नभएको स्पष्ट पारेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने सूची बनाइएको भन्ने हल्ला गलत भएको बताए ।
उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची छैन, त्यसमा विश्वास नगर्नुहोस्। तपाईँहरू हाम्रो साझेदार हो ।’
उनले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको प्रमुख साझेदार भन्दै गलत हल्लाको पछि नलाग्न आग्रह गरे ।
उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन हो भने दोस्रो अर्थतन्त्रको पुनरुत्थान हो । त्यस्तै, तेस्रो आन्तरिक र बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक लगानी, र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत मुलुकको ‘सॉफ्ट पावर’ बढाउने रहेको छ ।
उनले नेपाल अहिले अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने चरणमा रहेको भन्दै आगामी बजेटसम्म धैर्य गर्न व्यवसायीलाई आग्रह गरे ।
उनले भारतको उदाहरण दिँदै भने, ‘सन् २०१४र१५ तिर भारतको अर्थतन्त्रका केही सूचक नेपालसँग मिल्दोजुल्दो भए पनि पछिल्ला वर्षमा ठुलो प्रगति भएको छ ।’ नेपालले पनि सही नीति र स्थिरतासहित अघि बढे त्यस्तै फड्को मार्न सक्ने उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया