‘नाडा अटो शो’ मा पहिलो दिन २७ नयाँ सवारीसाधन सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । नाडा अटो शो २०२६ को पहिलो दिन विभिन्न ब्रान्डका २७ नयाँ सवारीसाधन नेपाली बजारमा सार्वजनिक भएका छन् । सार्वजनिक हुनेमा ९ प्यासेन्जर, ८ कमर्सियल र १० दुईपांग्रे सवारीसाधन रहेका छन् ।

प्यासेन्जर सेग्मेन्टमा डोङफेङ ईपाई ००७, एमहिरो, स्कोडा कोडियाक, नयाँ सुजुकी ब्रेजा, अवतार ०७, टाटा सिएरा ईभी, जेईको जे५ प्रो, बीएडब्लुको नयाँ ह्याचब्याक र स्काईवेल बीई ११ सार्वजनिक भएको हो ।

त्यस्तै, कमर्सियलतर्फ फरिजोन भी७ई, हाइगर भी सिरिज, दिगो घोडा, अकवेल, डीएफएसकेको डाफे, जिनबेई हाइस, टाटा इन्ट्रा ईभी र टाटा म्याजिक ईभी सार्वजनिक गरिएका छन् ।

दुईपांग्रेमा एम्पियर नेक्सस ईएक्स प्लस, रिभोल्ट आरभी एक्स, ट्यांक, भीम्याक्स, क्यूजे मोटर्स आरकेओ १२५, टीक्यू ईभी, मेटा ईभी, फाल्कन, यामाहा एक्सएसआर १५५ र अप्रिलिया एसआर १७५ सार्वजनिक भए ।

पहिलो दिन सार्वजनिक भएका अधिकांश सवारीसाधन विद्युतीय तथा हाइब्रिड प्रविधिमा आधारित छन् ।

नयाँ मोडल र विभिन्न मूल्यका सवारीसाधन सार्वजनिक भएपछि अटो शोमा दर्शक तथा ग्राहकको आकर्षण बढेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?