काठमाडौं । घाट निर्माणको क्रममा भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा धनुषाको कमला नगरपालिकाका तत्कालीन प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार कमला नगरपालिका–३ स्थित लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने र घाट निर्माणसहित सौदर्यकरण गर्ने आयोजनामा कबोल भएको ठेकेदारलाई नदिई बढी कबोल गर्ने ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो ।
उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा २९ लाख ४४ हजार १ सय ३७ रुपैयाँ कायम गरी कैद र जरिवाना सजायको मागदाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया