काठमाडौं । नेपाल प्रहरीले प्रहरी संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजिएको भन्दै त्यस्ता व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समय आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब भन्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा खबर बाहिरिएपछि प्रहरी मुख्यालय त्यस विषयमा बोलेको हो ।
त्यसो त आजै प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) को बैठक समेत बसेको थियो ।
बैठकपछि प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी अविनारायण काफ्लेले विज्ञप्ति जारी गर्दै नियोजित र भ्रामक सूचना सम्प्रेषण गरी प्रहरी संगठनलाई कमजोर बनाउन लागिएको भन्दै कारबाहीको चेतावनी दिइएको हो ।
‘प्रचलित कानुन बमोजिमको जिम्मेवारी पूरा गर्दै संगठनको प्रतिष्ठा, व्यवसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उदेश्यले नियोजित रुपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरुको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानुन बमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने व्यहोरा समेत सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसैगरी पछिल्ला दिनहरुमा प्रहरी संगठन र संगठन प्रमुखमाथि आइरहेका समाचारहरु अपुष्ट, भ्रामक, तथ्यहीन एवं स्वार्थकेन्द्रित रहेको समेत प्रहरी हेडक्वाटरको दाबी रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया