कहाँ गए सशस्त्रका सईदेखि परिचरसम्मका सात जना कर्मचारी ? सम्पर्कमा नआए कारबाहीको चेतावनी

लोकपथ
63
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले एक जना नायव निरीक्षक (सई) सहित सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन भनेको छ । हाजिर नभए कारबाही गर्ने चेतावनी दिइएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले आज शुक्रबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएका तथा आफूखुसी लाइन ब्यारेक छाडेर लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न भनेको छ ।

सूचनामा भनिएको छ, ‘अन्यथा तपाईंहरु उपर सशस्त्र प्रहरी नियमावली २०७२ बमोजिम कारबाही हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?