‘इनम’सँग कनेक्सनको आरोपपछि बोले न्यायाधीश फुयाल, ‘अनुसन्धानका लागि सहयोग गर्छु’

लोकपथ
28
Shares

काठमाडौं । उच्च पदस्थलाई प्रभावमा पारी विचौलियाको आरोपमा पक्राउ परेका विवादित इनम सापकोटासँगको कनेन्सनबारे आरोपपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले प्रतिक्रिया जनाएका छन् ।

न्यायाधीश सापकोटा इनममार्फत् न्याय सम्पादनमा समेत सेटिङको आरोपबारे समाचार छापिएपछि विवादमा तानिएका छन् ।

उनले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै ‘स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको दाबी गर्दै अबका दिनमा हुने अनुसन्धानका लागि आफू तयार रहेको र पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

‘स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको र नेपालको न्यायिक विचलनका सम्बन्धमा भइरहेको एक महत्वपूर्ण अनुसन्धानप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ विज्ञप्ति जारी गर्दै भनेका छन् ।

उनले पछिल्लो समयमा न्याय क्षेत्रमा अस्थिरता, असुरक्षा र विसंगति बढेको समेत टिप्पणी गरेका छन् । साथै त्यसैको गलत फाइदा उठाइएको समेत आरोप लगाएका छन् ।
आफूसँग जोडिएर आएका विषयहरुलाई देश र न्याय क्षेत्रको अस्थिरता र अनुसरक्षा भन्दा बाहिरबाट नहेर्न समेत आग्रह गरेका छन् ।

‘पछिल्लो समयमा न्याय क्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको गलत फाइदा उठाइ गरिएका कार्यहरु राज्यको जानकारीमा आई अनुसन्धान भइरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘मेरो बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरता र असुरक्षा भन्दा बाहिरबाट नहेर्न म समग्र न्याय क्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आम सञ्चारमाध्यमलाई अनुरोध गर्दछु ।’

यसैगरी आफूबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै पनि कार्य नभएको समेत दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?