कास्कीमा एमालेको मोटरसाइकल र्‍याली, संगठन सुदृढीकरणको अभियान सुरु

लोकपथ
112
Shares

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले शनिबार भव्य मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ ।

जेनजी आन्दोलनपछि दाङसहित देशका विभिन्न स्थानमा आयोजित मोटरसाइकल र्‍यालीकै सिलसिलामा कास्कीमा पनि पार्टीले र्‍याली गरेको हो ।

पार्टीले यस र्‍यालीलाई संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानको रूपमा लिएको जनाएको छ । र्‍यालीमा सहभागी कार्यकर्ताहरूले पार्टीका झण्डा, ब्यानर र नारासहित विभिन्न स्थान परिक्रमा गरेका थिए ।

एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। पार्टीले यस्ता कार्यक्रमहरू मार्फत जनस्तरमा पार्टीको उपस्थितिलाई अझ सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?