काठमाडौं । हाडनाता करणीमा २५ वर्ष कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । मकवानपुरको हेटौडा नगरपालिका १६ घर भई काठमाडौंको मनोहरा नगरपालिका ६ श्रीनगर बस्ने एक व्यक्ति पक्राउ परेका हुन् ।
हाडनाता करणी मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएका कालीबाबा भन्ने भरत लामिछानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कात्तिक १३ गते साँझ काठमाडौंको मनहराबाट पक्राउ गरेको हो ।
आफ्नै परिवारका सदस्यमाथि जबरजस्ती करणी गरेको कसुरमा अदालतबाट दोषी ठहर भएका उनी कैद भुक्तानका लागि कारागार कार्यालय नख्खुमा थुनामा रहेका थिए । तर भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि थुनाबाट फरार भएका उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
पक्राउपछि लामिछानेलाई कारागार कार्यालय नख्खुको जिम्मा लगाइएको छ ।
उनीमाथि २५ वर्षको कैद सजायका साथै एक लाख रुपैयाँ जरिवाना समेत तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया