काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिटका प्रारम्भिक सुनुवाई सकिएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न मितिमा १६ वटा रिट दायर भएको थियो । ती रिटहरुमाथि सर्वोच्चको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाई भएको थियो । सबै रिटमाथि प्रारम्भिक सुनुवाई सकिएसँगै आजै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आदेश आउँदैछ ।
अधिकांश रिटहरुमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै असंवैधानिक रहेको भन्दै सरकारले गरेका सबै निर्णय खारेज गरिनुपर्ने माग गरिएको छ । साथै प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै पुनस्थापनाको समेत माग गरिएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सुनुवाई गर्न प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको थियो । जसमा न्यायाधीशहरु सपनाप्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया