बर्दिया । जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारबर्दिया नगरपालिका–३ बेल्बज्जास्थित बाख्राको खोरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय कालुराम थारु समेत ६ जनालाई मंगलबार राति पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ४ सय ८० रुपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया