दमकमा बस दुर्घटना : एक जनाको मृत्यु, २१ घाइते

लोकपथ
119
Shares

काठमाडौं । झापाको दमक नगरपालिका-२ पाङ्गिनीचोक नजिक गए राति यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडी तर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ३५ जना सवार रहेका थिए ।

दुर्घटनामा गम्भीर घाइते एक जनाको उपचार भइरहेको र अन्य २० जना उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ।

बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?