तिहारको पाँचौँ दिन : विधिपूर्वक गरियो गाई पूजा

लोकपथ
56
Shares

 काठमाडौं । तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज काठमाडौंसहित देशभर विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ ।

वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र मान्दै पूजा गर्ने परम्परा रहेको छ । हाम्रो समाजमा गाईलाई माताको रूपमा पुजिन्छ, किनभने गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने धार्मिक विश्वास छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिएर दूध, घाँस र गोबरको माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसै कारण गाईलाई राष्ट्रिय जनावरको रूपमा पनि सम्मान दिइन्छ ।

धर्मशास्त्रविद् प्रा।तोयराज नेपालका अनुसार, नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीमा गाई पूजा गर्ने परम्परा भए पनि शास्त्रीय मान्यता अनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नु पर्छ । यही मान्यताअनुसार आज देशभर गाई पूजा गरिएको हो ।

आजका दिन गाईलाई मीठा परिकार खुवाइ शुद्धता प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ । साथै, साउन शुक्ल पूर्णिमामा दाहिने हातमा बाँधिएको रक्ष बन्धनको डोरो गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी पार गरिदिने धार्मिक विश्वासका आधारमा आज गाईको पुच्छरमा रक्ष बन्धनको डोरो बाँधिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?