श्रीमतीको ढुंगा प्रहारबाट गम्भीर घाइते भएका बुद्धसिंको ससुराली घरमा निधन

लोकपथ
3k
Shares

काभ्रेपलान्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । घरायसी विवादमा ४८ वर्षीया श्रीमती राधिका वाइबाले ढुंगा प्रहार गर्दा ५५ वर्षीय श्रीमान् बुद्धसिं वाइबाको मृत्यु भएको हो ।

ढुंगा प्रहारको घटना कात्तिक १ गतेको हो । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका बुद्धसिंको मंगलबार बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका बुद्धसिंको सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको र सो अस्पतालबाट पनि चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएको बताए । 

घर फिर्ता भएपछि उनलाई सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुराली घरमा राखिएको थियो ।

ढुंगा प्रहार गर्ने श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?