इन्स्पेक्टर अच्युत गिरी उत्कृष्ट अनुसन्धानकर्ताका रुपमा सम्मानित

लोकपथ
182
Shares

काठमाडौं । ७०औँ प्रहरी दिवसका अवसरमा विभिन्न दर्जामा कार्यरत प्रहरी कर्मचारीहरु सम्मानित भएका छन् ।

प्रहरीको विभिन्न जिम्मेवारीमा रही उत्कृष्ट काम गरेका प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आज विशेष कार्यक्रमकाबिच उनीहरुलाई सम्मान गरेका हुन् । जसमध्ये प्रहरी निरीक्षक (इस्पेक्टर) अच्युत गिरी रहेका छन् ।

प्रहरी महानिरीक्षक खापुङले प्रहरी निरीक्षक गिरीलाई उत्कृष्ट अपराध अनुसन्धानकर्ताका रुपमा सम्मान गर्दै कदरपत्र हस्तान्तरण गरेका हुन् ।

प्रहरी नियरीक्षक गिरी हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?