शेयर बजारमा सुधार : पहिलो सर्किट ब्रेकपछि नेप्से ५० अंकले उक्लियो

लोकपथ
119
Shares

काठमाडौं । आज शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । कारोबार सुरु भएको केही मिनेटमै तीव्र वृद्धि भएपछि पहिलो सर्किट ब्रेक लागे पनि त्यसपछि बजार सम्हालिएको छ ।

बजार खुल्दा मात्र ३ मिनेटभित्र नेप्से सूचक ४ प्रतिशत अर्थात् १०२ अंकले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेट स्थगित भएको कारोबार पुनः सुरु हुँदा बजार स्थिर बनेको छ ।

११ः३० बजेसम्म नेप्से ५० अंकले बढ्दै २६०९ अंकमा पुगेको छ । सो समयमा १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

अघिल्लो दिन नेपाल राष्ट्र बैंकले शेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई शेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि लगानीकर्तामा उत्साह बढेको हो । यस कदमपछि बजारमा सकारात्मक संकेत देखा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?