छोरा–छोरी, बुहारी सबैजना इराक

सिन्धुपाल्चोक, २२ कात्तिक- गाउँमा दु:खजिलो गरेर बस्ने नोर्वु र माइली शेर्पा दम्पत्ति आफ्ना घरमा कोही पाहुना आइपुगे ठाउँठहर थाहा नभएको इराक देशका बारे सोधिरहन्छन् । कारण– शेर्पा दम्पत्तिका माइला छोरा–वुहारी पेम्वा र पेमा, माइली छोरी मिङ्मा र जेठी बुहारी डोल्मा त्यही देश पुगेका रहेछन् ‘खोइ थाहै छैन, कता पर्छ यो देश,’ १० छोराछोरीका बाबु ५२ बर्षीय नोर्वुले भने, ‘माइली छोरी मिङ्मा त भुकम्प आउनुअघि इराक गएको हो । अरु छोरा, बुहारी र छोरी भने भुकम्पपछि गाउँ छाडेर हिंडेका हुन् ।’ शेर्पा दम्पत्तिकी साइँली छोरी दावा ल्हामु पनि दुवई गएको दुई वर्ष भैसकेको छ जुगल हिमालको काखैमा रहेको तेम्बाथाङ गाउँमा फोन लाग्दैन । मोबाइल, इन्टरनेटको कुरै भएन । रेडियो, एफएम पनि चल्तीमा छैन । ‘अरु त्यस्तै हो, छोराछोरीको बोली सुन्न मन लागिरहन्छ,’ चुलोचौकोमा व्यस्त माइली शेर्पाले सुनाइन्, ‘तर यहाँ फोन लाग्दैन । माइली छोरीले इराकको नम्बर भनेर पठाएकी छे, तर बोल्न पाएको छैन ।’ इराक गएका छोराछोरी कुन बाटो र उपायबाट त्यहाँ पुगेका हुन् भन्नेबारे पनि नोर्बु–माइली दम्पत्तिलाई केही थाहा छैन । दुई वर्षअघिको भुकम्पछि तेम्बाथाङ गाउँका सबै एक सय घरधुरी क्षतबिक्षत भएपछि गाउँमा छाएको सन्नाटा र निराशाका बीच छोरा, बुहारी, छोरी सबैले एकपछि अर्को गर्दै गाउँ छाडेका रहेछन्, कान्तिपुरमा खबर छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?