रास्वपाले चाहेको शासकीय स्वरुप- ‘प्रदेश सभा चाहिँ खारेजी तर जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री’

लोकपथ
2.9k
Shares

काठमाडौं । गत निर्वाचनमा वैकल्पिक राजनीतिको नाममा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जेनजी आन्दोलनपछि रक्षात्मक बन्ने अवस्थामा पुगेको छ ।

पुराना दल र नेताहरुमाथि निरन्तर प्रश्न गरिरहेको रास्वपाकै नेता र निर्णयमाथि नै प्रश्न उठ्न थालेको छ ।

जेनजी आन्दोलनको बलमा पार्टी सभापति रवि लामिछानेलाई जेलबाट छुटाएर खुसीयाली मनाएपछि रास्वपाभित्र विग्रहको संकेत समेत देखिएको छ । केही नेताहरुले पार्टी नै छाडेका छन् भने केही निर्णयको तयारीमा रहेको चर्चा चलिरहेको छ । रास्वपाका कतिपय निर्णयमा कच्चापन रहेको भन्दै यतिबेला आलोचना भइरहेको छ ।

त्यसमध्ये एक हो, रास्वपाको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको एक विज्ञप्ति । जहाँ रास्वपाले ४ वटा बुँदामा नेपालको नयाँ शासकीय स्वरुप कस्तो बनाउने भन्ने विषयमा बोलेको छ । जहाँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीदेखि प्रदेश सभा खारेजीको समेत माग अघि सारेको छ ।

अचम्मत प्रदेश सभा नै खारेजीको माग अघि सारेको रास्वपाले पार्टीको परिकल्पना अनुसार जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्री माग गरेको छ ।

रास्वपाले सार्वजनिक गरेको शासकीय स्वरुपको दोस्रो बुँदामा भनेको छ, ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने ।’
त्यस्तै पुनः चौथो बुँदामा रास्वपाले भनेको छ, ‘प्रदेश सभा खारेज’

अहिले प्रदेश सभा नै खारेज भएपछि मुख्यमन्त्रीको के अर्थ भन्दै रास्वपामाथि आलोचना भइरहेको छ ।

यता रास्वपाले अहिले जोडतोडले उठ्दै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीदेखि राजनीतिक दल भन्दा बाहिरबाट राष्ट्रपति बनाइनुपर्ने समेत शासकीय स्वरुपको कुरा समेत उठाएको छ ।

शासकीय स्वरुपको पहिलो बुँदा र तेस्रो बुँदामा क्रमशः भनिएको छ, ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने प्रधानमन्त्री हुने । राष्ट्रपतिः कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?