काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् ।
बिहान साढे ११ बजे उनले सिंहदरबारको गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रधानमन्त्री कार्यालयमा पुगेर जिम्मेवारी सम्हालेकी हुन् ।
कार्की शनिबारदेखि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् ।
जेनजी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए ।
आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग र एकैदिन ठूलो संख्यामा युवाको ज्यान गएपछि ओलीले पदत्याग गरेका हुन् ।
यससँगै सुशीला कार्की नेपालको ४२औँ तथा पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।
पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित सहिदको प्रतिमामा पुगेर माल्यार्पण गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया