काठमाडौं । डिल्लीबजार कारागारका कैदीबन्दीहरुले आफूहरू पनि बाहिर निस्कन पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । अहिले कारागारमा आगोको मुस्लो आइरहेको छ ।
सो कारागारका प्रशासक बाबुराम अर्यालले अन्य कारागारका कैदीबन्दी छुटेकाले आफूहरूलाई पनि छोड्न माग गर्दै आगजनी र तोडफोडमा उत्रिएको बताए ।
अहिले कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया