लम्बियो कर्फ्यूको अवधि : सेनाले भन्यो– ‘तोडफोड र लुटपाट गर्नेलाई कडा कारबाही हुन्छ’

लोकपथ
1.4k
Shares

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनाउन कर्फ्यूको समय थप गरिएको छ ।

नेपाली सेनाले विज्ञप्ति जारी गर्दै आज साँझ ५ बजेसम्म कर्फ्यू जारी रहने र त्यसपश्चात भोलि बिहान ६ बजेसम्म कर्फ्यू नै रहने जनाएको छ ।

यसैगरी आन्दोलनको क्रममा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै अन्य अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि समेत आग्रह गरिएको छ ।
‘आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति पुनः गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि सबैमा अनुरोध गरिन्छ,’ नेपाली सेनाले भनेको छ ।

मंगलबारको दुखदायी घटनापछि विभिन्न बैंक, सपिङ सेन्टर, भाटभटेनी लगायतका स्थानमा लुटपाट समेत भइरहेको छ । यता सेनाले भने लुटपाटमा संलग्नलाई कडा भन्दा कडा कारबाही हुने जनाएको छ ।

‘आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबिच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुनेछ,’ नेपाली सेनाले भनेको छ ।

यता वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै समस्या समाधानका लागि सबै पक्षसँग समन्वय भइरहेको समेत सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?