काठमाडौं । नेपाली सेनाले वर्तमान परिस्थितिबारे दुःख व्यक्त गर्दै संयम बन्न अपिल गरेको छ ।
देशमा घटेको विषम परिस्थितिका बिच नेपाल र नेपाली जनताको जीउधनको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।
‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजरगर्दै नेपाल र नेपाली जनताको जीउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृति, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैगरी नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरुबारे आफूहरुले विश्लेषण गरिरहेको समेत सेनाले जनाएको छ ।
‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जीउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको छ । नेपालमा भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरुबारे नेपाली सेनाले विश्लेषण गरिरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया