काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति कुटिएका छन् ।
बूढानिलकण्ठस्थित देउवा निवासमा पुगेर जेनजी समूहले शेरबहादुर र उनकी पत्नी आरजुमाथि कुटपिट गरेका हुन् । उनीहरुलाई बाहिर निकालिँदै गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ ।
देउवा दम्पत्तिलाई प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् ।
यता जेनजी समूहले सिंहदरबार, संसद भवन लगायत देशका मुख्य स्थानहरुमा आगजनी गरेका छन् ।
सोमबार जेनजी समूहमाथि सरकारले निर्मम प्रहार गरेपछि आज आन्दोलन थप उग्र भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया